विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो।

सोमवार ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार नवनियुक्त निमित्त कार्यकारी निर्देशक शाक्यले आजैबाट आफ्नो कार्यभार सम्हाल्नेछन् ।

‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा गएका शाक्यलाई ऊर्जामन्त्री पुनले शुक्रवार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई फिर्ता गराउन निर्णय भएको थियो ।

अब अर्को निर्णय नभएसम्मका लागि शाक्य नै प्राधिकरणको निमित कार्यकारीको निर्देशक हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?