अमेरिकाको सत्ता सम्हाल्ने तयारीमा बाइडेन, ट्रम्प अझै हार मान्न तयार भएनन्

काठमाडौं । अमेरिकी चुनावमा डेमोक्रेट पार्टीका उम्मेद्वार जो बाइडेन र कमला ह्यारिसले चुनाव जीतेका छन् ।

बाइडेनले अमेरिकाको राष्ट्रपतिमा २० जनवरीमा शपथ लिनेछन् । डेमोक्रेट्सले सत्ता हस्तान्तरणको तयारी थालेको छ ।

बाइडेन र ह्यारिसले यसका लागि BuildBackBetter.com र ट्वीटर अकाउण्ट @Transition46 बनाएका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्प अझै पनि हार मान्न तयार छैनन् ।

उनलाई नतिजामा अझै शंका छ । बाइडेनले अहिलेसम्म २९० भोट पाएका छन् भने २१४ इलेक्टोरल भोट ट्रम्पले पाएका छन् ।

बहुमतका लागि अमेरिकामा २७० इलेक्टोरल भोट भए पुग्छ । बाइडेनले कोरोनासँग लड्नको लागि एक टास्क फोर्स बनाउने योजना छ ।

ट्रम्पले नहेरेका कुरामा जोड दिएका छन् । साथै बाइडेनले पेरिस क्लाइमेटको सम्झौतामा फेरि जोडिने बताएका छन् ।

साथै मुस्लिम देशहरुम लगाइएको ट्राभल ब्याण्डको अर्डर बदल्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?