बाइडेनको जितसँगै अमेरिकी शेयरबजारमा १२८ वर्षको रेकर्ड तोडियो

काठमाडौं । कोरोना कालमा पनि सेन्सेक्स र निफ्टीले नयाँ रेकर्ड बनाएको छ । बिहान नै काराबारको बेला सेन्सेक्स ४२,५६६.३४ सम्म पुगेको थियो । जो अहिलेसम्मको ऐतिहासिक उचाई हो । त्यस्तै निफ्टी १२,४५१.८० पुगेको थियो । अमेरिकामा जो बाइडेनलाई राष्ट्रपति चुनेपछि सोमवार एशियाली शेयर बजार र अमेरिकाका बजार बढेको हो । यो रेकर्ड १२८ वर्ष यताकै सर्वाधिक हो ।

यसदिन एसएण्डपी ५०० का लागि ई–मिनी फ्यूचर्समा १.५ प्रतिशतको बढोत्तरी देखिएको छ । जबकि नास्डाक फ्यूचर्स २ प्रतिशतभन्दा अधिकले बढेको छ । यो अमेरिकी बजारका लागि सकारात्मक संकेतका रुपमा रहेको बताइएको छ ।

यसैगरी जापान बाहिरको एशिया–प्यासिफिक शेयर १.३ प्रतिशतले बढेर ६१३.९५ बिन्दुमा पुगेको छ । यो सन् २०१८ जनवरीपछिको उच्च बढोत्तरी हो । यो सूचक गत हप्ता ६.२ प्रतिशतले बढेर जून पछिको उच्च साप्ताहिक बढोत्तरी देखियो ।

बाइडेनको जीतसँगै अमेरिकासँगको व्यापार सम्बन्ध राम्रो हुने अपेक्षासँगै यसदिन चिनीयाँ शेयर ब्लू–चिप सूचक १ प्रतिशतले बढेर कारोबारको सुरुवात गर्यो ।

यता जापानको एन २२५ सूचक २ प्रतिशतले बढ्यो, जबकि अस्ट्रेलियाको मुख्य सूचक एएक्सजेओ, हङकङको एचएसआई र दक्षिण कोरियाको केएस११ सबै सूचकमा १.७ प्रतिशतको बढोत्तरी देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?