नगरपालिकामा ट्रम्पलाई जागिरको अफर

काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको हार पछि ह्वाइट हाउसबाट उनको बिदाई तय भईसकेको छ ।

यसैबीच यरुशलमको नगरपालिकाले सोसल मिडियामा पोस्ट गर्दै ट्रम्पलाई जागिरको अफर दिएको छ ।

मिडिया रिपोर्ट्सका अनुसार नगरपालिकाले आफ्नो पोस्टमा लेखेको छ, ‘ट्रम्प ध्यान दिनुहोस्, तपाईलाई चिन्ताको आवश्यक्ता छैन, हामीसँग धेरै काम छन् र तपाई त्यसको लागि योग्य उम्मेद्वार हुन सक्नुहुनेछ ।’

साथै रिपोर्टका अनुसार उक्त पोस्ट तत्काल हटाइएको थियो । नगरपालिकाका प्रवक्ताले मिडियासँग यो पोस्ट अन्जानमा अपलोड भएको र तत्काल डिलिट गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?