कुमारी बैंकको पहिलो त्रैमासिक विवरण, खुद नाफामा ५० प्रतिशतको वृद्धि

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा बैंकको खुद नाफा गत वर्षको सोहि अवधिको तुलनामा ५० प्रतिशत धेरै देखिएको छ ।

प्रथम त्रैमासमा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वषको सोही अवधिमा बैंकले ४० करोड १९ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहीलो त्रैमासिक विवरण अनुसार बैंकको वितरण योग्य नाफा २५ करोड ९१ लाख ३२ हजार रुपैयाँ रहेको छ भने सोही अवधिमा बैंकले १ खर्ब १७ अर्ब २ करोड ६० रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ३२ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ २५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४२ रुपैयाँ ५ पैसा रहेको छ ।

१२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ संचिती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?