घरेलु मैदानमै एस्टन भिल्लासँग आर्सनल पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगतको खेलमा आर्सनल पराजित भएको छ । आइतवार राति भएको खेलमा आर्सनल घरेलु मैदानमा एस्टन भिल्लासँग ३-० गोल अन्तरले पराजित भएको हो ।

खेलको २५ औं मिनेटमा आर्सनलका बुकायो साकाले आत्मघाती गोल गर्दा एस्टनले १-० को अग्रता बनायो । खेलको ७२ औं मिनेटमा वाट्किन्सले गोल गर्दै एस्टनलाई २-० को अग्रता दिलाए ।

खेलको ७५ औं मिनेटमा वाट्किन्सले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई ३-० को जित दिलाए । जितसँगै एस्टन लिगको छैटौं स्थानमा उक्लिएको छ । एस्टनले ७ खेलमा १५ अंक जोडेको छ ।

आर्सनल लिगको ११ औं स्थानमा रहेको छ । आर्सनलले ८ खेलमा १२ अंक जोडेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?