लाजियोसँग युभेन्टसको बराबरी

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टस बराबरीमा रोकिएको छ । लाजियोको घरेलु मैदानमा आइतवार भएको खेलमा युभेन्टस लाजियोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा फिलिपे सियासेडोले गोल गर्दै लाजियोलाई हारबाट जोगाए ।

बराबरीसँगै युभेन्टस लिगको दोस्रो स्थानमा उक्लन असफल भएको छ । तेस्रो स्थानको युभेन्टसले ७ खेलमा १३ अंक जोडेको छ ।

लाजियो ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?