भ्यालेन्सियासँग रियल मड्रिडको लज्जास्पद हार

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लज्जास्पद हार व्यहोरेको छ । आइतवार राति भएको खेलमा रियल भ्यालेन्सियासँग ४-१ गोल अन्तरले पराजित भएको हो ।

कार्लोस सोलेरले ह्याट्रिक गरेपछि भ्यालेन्सियाले रियलविरुद्ध सहज जित निकालेको हो । खेलको २३ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट रियलले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ३५ औं मिनेटमा कार्लोसले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियालाई १-१ गोलको बराबरीमा ल्याए । ४३ औं मिनेटमा रियलका राफायल भरानेले आत्मघाती गोल गर्दा भ्यालेन्सिया पहिलो हाफमा २-१ ले अघि रह्यो ।

खेलको ५४ औं मिनेटमा कार्लोसले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियालाई ३-१ को अग्रता दिलाए । त्यसपछि खेलको ६३ औं मिनेटमा कार्लोसले पेनाल्टीमा व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दा भ्यालेन्सियाले ४-१ को सहज जित निकाल्यो ।

जितसँगै भ्यालेन्सिया लिगको नवौं स्थानमा उक्लिएको छ । भ्यालेन्सियाले ८ खेलमा ११ अंक जोडेको छ ।

रियल ८ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?