हामी एउटै डुंगामा छौँ भन्ने हेक्का राखौँ : शंकर पोखरेल

काठमाडौं । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेसँगै सचिवालयका नेतादेखि कार्यकर्तासम्म स्पष्ट विभाजनको रेखा देखिएको छ भने एक पक्षले अर्को पक्षको कडा आलोचना गर्दै आएको छ ।

यस्तो अवस्थामा सबै पक्ष जिम्मेवार बन्दै पार्टी एकतालाई कायम राख्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा नेता शंकर पोखरेलले आग्रह गरेका छन् ।

उनले सबै एउटै डुंगामा रहेको हेक्का राख्न अनुरोध गर्दै एकले अर्काको संवेदनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकताबद्ध राख्ने सूत्र स्थायी समितिको पछिल्लो बैठकको निर्णय नै हुने उल्लेख गरेका छन् ।

‘हामी एउटै डुंगामा छौं भन्ने हेक्का राख्ने र एक अर्कोको संवेनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकतावद्ध राख्ने शुत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो वैठकका निर्णयमै निहित छ’, पोखरेलले सामाजिक सञ्जलमार्फत भनेका छन्, ‘एकताको मर्म र भावना विपरितको खेलले कसैलाई जित्न दिँदैन ।’

उनले एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमति भन्दा बाहिरवाट जित्ने कोशिस गरिए एकता विरुद्धको खेल सावित हुने समेत तर्क गरेका छन् । उनले भनेका छन्, ‘सचिवालयका कमरेडहरु विवाद र कटुता बिर्सेर एकताको बाटोतर्फ फर्कनु होस् । आम पार्टी पंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?