हैदराबादलाई दिल्लीको १९० रनको लक्ष्य

काठमाडौं । र्आइपीएलको १३ औँ सीजनको दोश्रो क्वालिफायरमा अहिले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच खेल भईरहेको छ ।

टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८९ रन बनायो । १९० रनको विजयी लक्ष्य पाएको हैदराबादले अबको केहि समयपछि बलिङ थाल्नेछ ।

दिल्लीका लागि शिखर धवनले ७८, मार्कस स्टोनिसले ३८, कप्तान श्रेयस लय्यरले २१, सिम्रन हेटमेयरले नटआउट ४२ र ऋषभ पन्तले नटआउट २ रन बनाए ।

दुबै टीमका लागि फाइनलमा पुग्न यो अन्तिम म्याच हो । जित्ने टीम १० नोभेम्बरमा मुम्बई इण्डियन्ससँग भिड्नेछ ।

दिल्लीले आज पृथ्वी शा र डेनियल स्याम्सलाई हटाएर प्रवीण दुबे र शिमरन हेटमेयरलाई राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?