विभाजनमा नलाग्न कम्युनिष्ट नेता अधिकारीको जोड

काठमाडौं । पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा९का दुई अध्यक्षले पार्टीमा फुट आउने स्थिति ल्याउन नहुने बताएका छन् ।

पार्टी फुटेमा नेपालको विकास र स्थिरतामा खतरा उत्पन्न हुने जनाउँदै नेता अधिकारीले एकताका लागि पहल गर्नुस् भन्ने आफ्नो सन्देश अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाइदिन आज नेकपाका केन्द्रीय सदस्य एवं शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई भने ।

मन्त्री श्रेष्ठले नेता अधिकारीको भनाइको सम्मान गर्दै फुटबाट कसैको हित नहुने जनाएका थिए। मन्त्री श्रेष्ठ आज नेता अधिकारीलाई भेट्न उनको निवास पुरानो नैकाप पुगेका थिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?