दिल्लीले हैदराबादविरुद्ध टस जितेर ब्याटिङ रोज्यो, टीममा परेनन् सन्दीप

काठमाडौं । र्आइपीएलको १३ औँ सीजनको दोश्रो क्वालिफायरमा अहिले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच खेल भईरहेको छ । दिल्लीले टस जितेर ब्याटिङ रोजेपछि हैदराबाद बलिङमा उत्रिएको छ ।

दुबै टीमका लागि फाइनलमा पुग्न यो अन्तिम म्याच हो । जित्ने टीम १० नोभेम्बरमा मुम्बई इण्डियन्ससँग भिड्नेछ । दिल्लीले आज दुई परिवर्तन गरेको छ । तर पनि नेपाली लेग स्पिनर सन्दिप लामिछाने प्लेइङ ११ मा पर्न सकेनन् ।

दिल्लीले आज पृथ्वी शा र डेनियल स्याम्सलाई हटाएर प्रवीण दुबे र शिमरन हेटमेयरलाई राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?