चुनाव हारेका ट्रम्पलाई गम्भीर धक्का : श्रीमती मेलानियाले डिभोर्स दिँदै

काठमाडौं । अमेरिकाको ४६ औँ राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनसँग पराजित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को गम्भीर धक्का लागेको छ ।

चुनाव हारेर ह्वाईट हाउसबाट निस्किएपछि उनकी श्रीमती मेलानिया ट्रम्पले डोनाल्ड ट्रम्पसँग सम्बन्ध बिच्छेद गर्ने भएसँगै नमिठो हार व्यहोरेका ट्रम्पलाई अर्को गम्भीर धक्का लागेको हो ।

डेलीमेलले यो समाचार प्रकाशित गर्दै ट्रम्पपत्नीले सम्बन्ध विच्छेद गर्न लागेको दाबी गरेको हो ।

मेलानियाले ट्रम्प पदमा रहँदै देखि सम्बन्ध विच्छेद माग्दै आएको डेलीमेलले आफ्नो समाचार रिपोर्टमा जनाएको छ । साथै उनले ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि औपचारिक रुपमा सम्बन्धविच्छेद गरेर आफू अलग्गिन पाउँ भनेर मिनेट काउन्ट गरिरहेको डेली मेलको दाबी छ । ट्रम्प र मेलानियाको १५ वर्षको वैवाहिक सम्बन्ध पूरा भइसकेको छ । उनीहरुको विवाह व्यवसायीक सम्झौता मात्रै भएको ट्रम्पकै परिवारबाट अभिव्यक्ति सार्वजनिक भईरहेको बेला बाहिरिएको यो खबरले सारा विश्वमा सनसनी मच्चाएको छ ।

मेलानियाकी एक साथीले भनेकी छन्, ‘उनका श्रीमानले चुनाव जित्नेछन् भनेर मेलानियाले कहिल्यै आशा गरेकी थिइनन् ।’

Trump says Japan yet to decide on holding Summer Olympics amid coronavirus pandemic

खबरमा जनाइएअनुसार वाशिंगटनडिसीबाट ह्वाइटहाउस आउन मेलानियाले ६ महिना कुर्नुपरेको थियो । त्यो बेला उनका बच्चाहरुको पढाई बिग्रिने भएकोले उनी आउन ढिला भएको बताइएको थियो ।

यद्यपी विश्वले शक्तिशाली राष्ट्रपतिको नजरले ट्रम्पलाई हेरिरहेका कारण ५० वर्षीया अमेरिकी प्रथम महिला मेलानियाले ७४ वर्षीय श्रीमान ट्रम्पसँग सम्बन्ध राम्रो रहेको बताउँदै आएकी थिइन् । तर उनीहरुको बीचमा कहिले पनि तर्कहरुमा सहमत नभएको र मनमुटाव हुने गरेको समेत  खुलासा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?