कंगानाले बाइडेनलाई भनिन् ‘गजनी’, एक वर्ष भन्दा धेरै टिक्दैनन् !

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा बहुमतकासाथ विजयी भएका जो बाइडेनमाथि बलिउड अभिनेत्री कंगना रनौतले निशाना साँधेकी छन् ।

उनले नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई गजनी भनेकी छन् । साथै उने बाइडेन सत्तामा एक वर्ष भन्दा धेरै नटिक्ने समेत बताएकी हुन् । साथै अमेरिकाकी नव निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसमाथि खुशी प्रकट गरेकी छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन्, गजनी बाइडेनको त भरोसा छैन, जसको डाटा हरेक पाँच मिनेटमा उड्छ, यति धेरै औषधि उनलाई दिइन्छ, उनी एक वर्ष भन्दा धेरै टिक्न सक्दैनन् । कमला ह्यारिसले नै सत्ता चलाउनेछिन् ।

जब एक महिला उठ्छिन् तब, हरेक महिलाको लागि बाटो बन्छ, यो ऐतिहासिक दिन चियर्स गर्नुहोस् ।

कंगनाले आफ्नो ट्वीटमा प्रयोग गरेको शब्द गजनी आमिर आनको फिल्म हो । यो २००८ मा रिलिज भएको थियो । उनले फिल्ममा हरेक पाँच मिनेटमा बिर्सिने भुमिका निभाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?