जर्मनीका लागि नव-नियुक्त राजदूत रामकाजी खड्कालाई महासंघ सचिवालयमा स्वागत

काठमाडौं । राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने धारणा जर्मनका लागि नवनियुक्त राजदुत राम काजी खड्काले व्यक्त गरेका छन् ।

राष्ट्रले अघि सारेको रणनीति अनुसार जर्मनीमा रहेर आफूले नविनतम तवरले आर्थिक कुटनीतिका माध्यमबाट सहयोग गर्ने र सो क्रममा निजी क्षेत्रसँग समेत नजिकमा रहेर कार्यगर्ने बिचार उहाको छ । महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानसँग आज महासंघ सचिवालयमा भएको भेटवार्तामा जर्मनीका लागि नवनियुक्त राजदूत रामकाजी खड्काले सो कुरा बताएका छन् ।

नवनियुक्त नेपाली राजदूत राम काजी खड्काले कोभिड–१९ का कारण विश्वको अर्थतन्त्र धारासायी भैरहेको समयमा आफू जिम्मेवारी सम्हाल्दै गरेता पनि आफ्नो तर्फबाट पूर्णरुपमा मुलुकको आर्थिक समृद्धिमा पहल गर्ने र त्यसका लागि निजीक्षेत्रसंग सहकार्य गरेर जाने विश्वास व्यक्त गरेका छन् ।

त्यस अघि नवनियुक्त राजदुतको महासंघ सचिवालयमा स्वागत गर्दै महासंघका उपाध्यक्ष्ँ किशोर प्रधानले आर्थिक व्यवसायिक विकासमा निजी क्षेत्रले स्वदेशमा गरिरहेको प्रयासमा आफू कार्यरत देशमा रहेर सहयोग गर्न राजदूत खड्कालाई आग्रह गरेका छन् ।

नेपाली उत्पादनहरु जुन संभावना बोकेका छन् ती उत्पादनहरुको बजारीकरण गरि निर्यात प्रवद्र्धनमा सघाउ पु¥याउन समेत उपाध्यक्ष प्रधानले आग्रह गरे । महासंघको तर्फबाट राजदूतावासले खोजेको सहयोग गर्न महासंघ तयार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?