आजको बचत भोलीको सुरक्षा

केशब अधिकारी/काठमाडौं । साधारण भाषामा भन्नुपर्दा बचत भन्नाले कुल आम्दानीबाट जम्मा खर्च कटाएर बाँकि रहेको रकम हो । यदि कुनै व्यक्तिले आफूले कमाएको कुल आम्दानी रकमबाट आफ्ना अत्यावश्यक तथा अन्य आफूलाई आवश्यक पर्ने वस्तु बिशेष वा कुनै क्रियाकलापमा खर्च गरी बाँकि रहेको रकम राख्दछ भने त्यो रकम नै उसको बचत हो । बचत एउटा त्यस्तो चिज हो जो कुनै अचानक आईपर्ने कार्य सम्पादन गर्न आवश्यक हुन्छ । तसर्थ हरकोहीले आफूमा बचत गर्ने बानीको बिकास गर्नु पर्दछ ।

बास्तवमा भन्ने हो भने कुनैपनि ब्याक्तिले उसको बर्तमान र भबिष्यमा सिर्जित हुने आवश्यकताहरु पुरा गर्ने हेतुले पैसा कमाउने गर्दछ । यदि उसले आजै आफूले आर्जन गरेको सम्पुर्ण रकम खर्च गर्ने हो भने भविष्यका लागि केही बाकि रहने छैन र ऊ भोलीका दिनमा आफ्ना आवश्यकताहरु पुरा गर्न नसकि असन्तुष्ट हुनुपर्ने अवस्था आउनेछ । तर यदि उसले बचत गर्ने गर्दछ भने आफूसँग भएको बचत रकम भबिष्यमा उपयोग गर्न सक्नेछ । त्यसैले आफ्नो कुल आम्दानीबाट आफ्ना अत्यावश्यक तथा अन्य आवश्यक पर्ने बस्तु बिशेष वा कुनै क्रियाकलापमा खर्च गरी बाँकि रहेको रकम हामीले बचत गरी सुरक्षित राख्ने गर्नुपर्दछ । जुन रकम भविष्यको सुनिष्चिताका लागि आवश्यक पर्न सक्दछ ।

आजको बचत नै भोलीको सुरक्षा हो भनि रहँदा एउटा कथालाई यसमा जोड्न मन लाग्यो 

केही समय अगाडिको कुरा हो । कुनै एउटा गाँऊमा राम र हरि बस्दथे । दुबै जना सामान्य परिवारका सदस्य रहेका थिए । उनीहरुको परिवारको आर्थिक अवस्था कमजोर रहेको थियो । राम र हरी दुबै नजिकैको सामुदायिक स्कुलमा ७ कक्षामा पढ्दथे । जब परिक्षाको नतिजा प्रकाशित हुँन्छ तब राम पास हुन्छ तर हरी भने फेल हुन्छ । त्यसपश्चात रामले आफ्नो पढाईलाइ निरन्तरता दिन्छ भने हरीले चाहीँ स्कुल छाडेर काम गर्ने सोच बनाउछ र नजिकैको शहरमा रहेको गाडि मर्मत गर्ने ठाउँमा (ग्यारेज) काम गर्न थाली मासिक रुपमा आम्दानी गर्न थाल्छ । यी दुबैको बानीमा आकाश पताल फरक रहेको हुन्छ । राम र हरी दुबै बिद्यार्थी हुन । दुई मध्ये राम भने आफ्नो अबिभावकले दिएको खाजा खर्च खर्चै नगरी बचत गर्ने गर्दथ्यो । ऊ बचत गर्नु पर्दछ भन्ने स्वभाबको थियो । त्यस्तैगरी हरीभने फुरमासे स्वभाव को थियो । ऊ आफ्नो अबिभावकले दिएको खाजा खर्च कहिले खाजा नै खाएर सक्दथ्यो त कहिले खेल्ने सामाग्री खेलौना किनेर सक्दथ्यो । राम आफ्नो अत्यावश्यक आवश्यकताहरु पुरा गरी बाकि रहेको रकम आफ्नो खुत्रुकेमा हाल्ने गर्दथ्यो । हरी चाहीँ आफ्ना अत्यावश्यक आवश्यकताहरु पुरा गरी बाकि रहेको रकम अन्य बिलासीताका आवश्यकताहरु ( त्यस्ता आवश्यकता जो पुरा गर्न जरुरी हुदैन ) पुरा गर्नमा आतुर हुन्थ्यो ।

समय बित्दै गइरहेको हुन्छ । एकाएक अचानकरुपमा संसारमै पहिलो पटक अनौठो भाईरसले जन्म लिन्छ । जुन भाईरसको नाम कोरोना हुन्छ । भाईरस बिश्वब्यापीरुपमा फैलिई कुनै पनि राष्ट्र्र अछुत रहन सकेको हुदैन । अनन्तः यो भाईरस नेपालमा पनि प्रबेश गर्छ । यहाँका धेरै जनताहरुमा यो भाईरसको संक्रमण देखिन्छ । एक संक्रमित ब्याक्तिबाट अर्को ब्याक्तिमा सर्दासर्दै यो भाईरस राम र हरी दुबैका बुबामा पनि देखिन्छ । जुन नचाहँदा/नचाहँदै, सुरक्षाका उपायहरु अपनाएर जोगिँदा/जोगिँदै अचानक देखिन पुगेको हुन्छ । दुबैका बुबालाई रुघाखोकी, जरो, घाटी दुख्ने तथा सास फेर्न गाह्रो हुने आँदि जस्ता समस्या आई अवस्था गम्भिर हुन पुग्छ । उहाँहरु दुबैलाई हस्पिटल भर्ना गर्नुपर्ने भएको हुन्छ । उपचारका क्रममा रामको बुबाको अवस्थामा सामान्य सुधार आएतापनि हरीका बुबाको अवस्था भने गम्भिर भई चिकित्सकको सल्लाह बमोजिम भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ र उपचारका लागि केही रकमको आवश्यकता पर्न जान्छ । रामको बाल्यकालबाटै दैनिकरुपमा बचत गर्ने बानि भई नियमित रुपमा बचत गर्ने गरेकोले उपचारका लागि आवश्यक परेको रकम सजिलै जोहो गर्न सक्छ र आफ्नोे बुबालाई संक्रमण देखिएको रोगको सफल उपचार गराई संक्रमण मुक्त भएपछी घर ल्याउछ । तर उता हरीको बुबा भने जिबन मरणको दोषादमा रहनु भएको हुन्छ । हरीको परिवारको आर्थिक अवस्था कमजोर रहेको र बचत रकम नि शुन्य रहेको अवस्था रहीआएकाले उसले आफ्ना बुबालाई चिकित्सकको सल्लाह बमोजिम थप उपचारार्थ भेन्टिलेटर कक्षमा भर्ना गर्न सक्दैन । उसले आफ्ना नाता–गोता, ईष्ट–मित्र र छर–छिमेक सबैसँग हार गुहार गर्दछ । सहयोगको अपिल गर्दछ । केही रकम सापटिको माग गर्दछ । तर कसैबाट पनि आपेक्षित रकम तथा सहयोग पाउँदैन । सहयोग पाओस पनि कसरी ? जब भाईरसले देशब्यापीरुपमा भयावहरुप लिई देश नै बन्दाबन्दिको अवस्थामा आउन सक्ने अवस्था रहेको हुन्छ । जसबाट समग्र जनताको जिबन तथा जिबनयापन पद्धतिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पर्न सक्ने थियो । भोलि के हुने हो कसैले आङकलन गर्न नसकिरहेको अवस्था रहिआएको र भोलि आफैलाई पनि कुनै भवितब्य समस्या आई रकम आवश्यक पर्ने अवस्था आउन सक्ने थियो । जसका लागि जो कोहीले पनि आफुसंग भएको रकम जोहो गरी राख्नुपर्ने अवस्था रहेको थियो । उत्ता हरीको बुबाको स्वास्थ्य अवस्था भने झन् झन् नाजुक बन्दै गएको हुन्छ । अन्ततः हरीको बुबाको आवश्यक उपचार नपाएर मृत्यू हुन्छ । यदि रामको जस्तै हरीको पनि बचत गर्ने बानि हुँदो हो ! कोहीले उसलाइ बाल्यअवस्थामा नै बचत गर्नु पर्छ भन्ने कुराको ज्ञान मष्तिस्कमा घुसादिँदो हो त ! उसले पनि आफ्ना अत्यावश्यक आवश्यकता देखि बाहेकका अन्य खर्च खर्चै नगरी बचत गर्ने थियो र आज निम्तिएको समस्याको सजिलै निराकरण गर्न सक्दथ्यो । आफ्नो बुबाको उपचार गरी बुबालाई नयाँ जिबन दिन सक्दथ्यो ।

यसरी यस कथाबाट के प्रष्ट हुन्छ भने बचत हरकोहीले गर्नु पर्दछ । कमाएर मात्र केही हुँदैन जमाउन नि सक्नुपर्दछ । तपाई हामी जो कोहीले पनि भबिष्यको अनुमान लगाउन सक्दैनौ । तसर्थ तपाई हामीले आफुले आर्जन गरेको तथा आफुसँग भएको रुपैयाँ पैसा आफ्ना अत्यावश्यक तथा अन्य आवश्यक पर्ने कुराहरुमा खर्च गरी बाँकि रहेको रकम बचत गनुपर्दछ । जसबाट हामीले आफ्नो अनि परिवारको आर्थिक अवस्थामा सुनिश्चितता ल्याउन सक्छौ । यदि अचानक भबितब्यरुपमा कुनै समस्या आई परेको खण्डमा समधान गर्न सक्छौ । हाल बिगतमा जस्तो अवस्था नि रहेको छैन । पहिला रुपैयाँ पैसाहरुलाई राख्दा चोरी डकैती हुने तथा आगलागी भई नष्ट हुन सक्ने आदि जस्ता जोखिमहरु भएकोले रकम सुरक्षित राख्नका लागि धेरै नै जोखिम उठाउनुपर्ने अवस्था रहेको थियो । तर हाल आएर मानिसहरुले आफूसँग भएको रकम सजिलै बैंक तथा बित्तिय संस्थामा जम्मा गरी जोखिम हस्तान्तरण गर्न सक्दछन् । वित्तिय संस्थाहरुले तपाई हाम्रो घर आगनमा आएर रकम संङ्कलन गर्ने अभ्यासको थालनी गरेका छन् । त्यस्तैगरी आफुले जम्मा गरेको रकम आवश्यक भई फिर्ता लिन परे पनि वित्तिय संस्थाहरु तपाई हाम्रो घर आगनमा नै आएर रकम फिर्ता दिन थालेका छन् । अर्को तर्फ इन्सोरेन्स कम्पनीहरुलेले पनि दैनिक, मासिक, त्रैमासिक, अर्धबार्षिक , बार्षिक किसिममा बिमितबाट बिमा रकम (प्रिमियम) लिने गर्ने गरेको पाईन्छ । जसबाट तपाई हामीले आफ्नो जिबनको सुरक्षा गर्दै, जोखिब न्युनिकरण गर्दै आफुसँग भएको रकम बचत गर्न सक्दछौ ।

यसरी आज हामीले अनेक किसिमबाट आफ्नो रकमको सुरक्षितका र साथ बचत गर्न सक्दछौ । तसर्थ आजैबाट आफ्नो कुल आम्दानीबाट आफ्ना अत्यावश्यक तथा अन्य आवश्यक पर्ने बस्तु बिशेष वा कुनै क्रियाकलापमा मात्र खर्च गरी बाँकि रहेको रकम बचत गर्ने गर्नुहोस् । जसबाट तपाई हामीले बर्तमान र भबिष्यमा सिर्जित हुने आवशयकताहरु पुरा गर्दै सन्तुष्टि प्राप्त गर्न सक्दछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?