भारतद्वारा नेपाललाई २८ वटा भेन्टिलेटर प्रदान

काठमाडौं । भारतले नेपाललाई २८ वटा भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ।

कोरोनाविरुद्धको लडाईमा नेपाल सरकारलाई थप सहयोग स्वरुप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारत सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कार्तिक २३ गते सो सामग्री हस्तान्तरण गरेका हुन्।

यसअघि भारतले नेपाललाई वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री, जेठ ४ गते कोभिड–१९ परीक्षण कीट (आरटी–पिसिआर), श्रावण २५ गते आइसीयू/भेन्टिलेटर र भाद्र ३० गते रेम्डेसिभिर औषधि प्रदान गरिसकेको दूताबासले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा राजदूत क्वात्राले कोभिड–१९ महामारी विरुद्धको लडाईमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहेको कुरा दोहोर्‍याएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?