पोको एम-२ र पोको सी-३ नेपालमा सार्वजनिक

काठमाडौं । स्मार्टफोन ब्राण्ड पोकोले नेपालमा दुईवटा नयाँ उपकरण – पोको एम-२ र पोको सी-३ सार्वजनिक गरेको छ । ब्राण्डले नेपालमा यो दोस्रो पटक आफ्नो उत्पादनहरु नेपालमा भित्र्याएको हो, यसभन्दा अगाडि सन् २०१८ मा पोको एफ १ सार्वजनिक गरेको थियो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने “पोकोले पहिलै मी फ्यानहरु र प्रयोगकर्ताहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको छ र नेपालमा यी ब्राण्डका दुई नयाँ स्मार्टफोेनहरु सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित छौँ । पोकोमा हामी स्वतन्त्रता पूर्वक निर्णय लिन र विकासको बाटोमा अघी बढिरहन केन्द्रित रहेका छौँ, त्यसैले हामीले प्रयोगकर्ताहरुको छनौटका लागि शिर्ष विशेषताहरुका साथ पोको एम-२ र पोको सी-३ सार्वजनिक गरेका छौं । हामीले आशा गरेका छौं कि यी नयाँ स्मार्टफोनहरुले नयाँ प्रयोगकर्ताहरुलाई पनि यस ब्राण्डतर्फ आकर्षित गर्नेछ ।”

पोको एम-२ सुपर फास्ट ६ जीबी र्‍याम स्मार्टफोन

पोको एम-२ मा मिडियाटेक हेलियो जी८० अक्टा—कोर प्रोसेसरका साथै २.० जीएचजेड मा दुई कोटेक्स—ए७५ र १.८ जीएचजेड मा छ कोटेक्स—ए५५ को साथ आउँदछ जसले पर्फमेन्स र दक्षताबीच सन्तुलन झल्काउँदछ । मिडिया टेक गेमिङ्ग विशेषताहरुका साथ पोको एम-२ प्रयोगकर्ताले आर्कषक गेमिङ्गको आनन्द लिन सक्नेछन् ।

ग्राहकहरुलाई उच्चस्तरीय दृश्य अनुभव प्रदान गर्नको लागि, पोको एम-२ मा ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले, २३४०× १०८० रीसोलूशन र १९ स् ५ स् ९ को आकृति अनुपात पनि रहेको छ । साथै कर्निंग गोरिला ग्लास ३ ले स्क्रीनलाई आकस्मिक क्षति र स्क्र्याचबाट सुरक्षित राख्दछ । उक्त डिस्प्लेबाट रिडिङ्ग मोडका लागि सर्टिफाइड पनि भएको छ । फ्रन्टमा नजिकै एड्ज टु एड्ज डिस्प्लेका साथ, पोको एम-२ को रियमा फिंगरप्रिन्ट सेनसर छ जसले उपकरणलाई छिटो अनलकिङ्ग गर्न अनुमति दिन्छ । फोनको सुरक्षाको लागि एद्दष् न्यानो कोटिङ्ग पनि छ जस्ले पोको एम-२ लाई अनावश्यक स्प्ल्यास प्रतिरोधी बनाउँदछ ।

पोको एम-२ मा क्वाड क्यामेराको विशेषता रहेको छ जसमा १३ एमपी प्राइमरी सेन्सर, ८ एमपी अल्ट्रा वाइड सेन्सर, ५ एमपी म्याक्रो सेन्सर र २ एमपी डेप्थ सेन्सर समावेश छ । ८ एमपी अल्ट्रा वाइड क्यामेराको साथ ११८ डिग्री फिल्ड भ्यू खिच्न र प्रयोगकर्ताहरुले आफ्ने दृश्य अवलोकनलाई विस्तार गर्दै ड्रामेटिक क्लोजअप शटहरु लिन सक्छन् । प्रयोगकर्ताले म्याक्रो क्यामेरामा रमाइलो भिडियोका लागि पूर्ण एचडी फूटेज लिन सक्छन् । पोको एम-२ ५००० एमएएच बिल्ट इन ब्याट्रीका साथ आउँदछ र लामो समयसम्म ब्याट्री ब्याकअपका लागि १८ वाट्ट फास्ट चार्जिंग (१० वाट्ट इन बक्स) समर्थन गर्दछ ।

पोको सी-३, गेम चेन्जर

टु टोन डिजाइन अभिलक्षणका साथ पोको सी-३ प्रयोगर्ताहरुलाई उत्तम तरिकाले फिट हुने स्मार्टफोन बनाउन आन्तरिकहरुको सन्तुलित सेटका साथ आउँदछ । पोको सी-३ बजारमा उपलब्ध भएको सबैभन्दा सस्तो ट्रिपल क्यामेरा फोन पनि बनेको छ । पोको सी-३ को ट्रिपल क्यामेरा सेटअपमा १३ एम.पी प्राइमरी सेन्सर, २ एम.पी म्याक्रो सेन्सर र १३ एम.पी डेप्थ सेन्सर पनि छ । डेप्थ सेन्सरले क्रिमी बोकेहका साथ क्रिस्प पोट्रेटहरु खिच्न मद्दत गर्छ, म्याक्रो सेन्सरले रमाइला क्लोज अप शटहरु साथै ७२० पी मा म्याक्रो भिडियोहरु पनि शुट गर्ने क्षमता राख्दछ ।

५००० एमएएच उत्कृष्ट ब्याट्री प्रविधिका साथ प्रयोगकर्ताले फोन अझै लामो समयसम्म चल्ने अपेक्षा गर्न सक्छन् । पोको सी-३ मिडियाटेक हेलियो जी ३५ / ८ कोर प्रोसेसरका साथ कोटेक्स ए५३ कोरका साथ २.३ जीएचजेड सम्म क्लक गरिएको छ । ५००० एमएएच उच्च क्षमताको ब्याट्रीको साथ पोको सी-३ ले पर्फमेन्स र दक्षतामा पनि सन्तुलन कायम गरेको छ ।

पोको सी-३ मा प्रयोगकर्ताहरुले ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले का साथ १६०० × ७२० रीसोलूशन र २०:९ को आकृति अनुपातको मज्जा उठाउन सक्नेछन् । फोनको सुरक्षाका लागि p2i न्यानो कोटिङ्ग पनि छ जस्ले पोको सी-३ लाई अनावश्यक स्प्ल्यासबाट बचाउँछ ।

पोको एम२, ६ जीबी+६४ जीबी स्टोरेज भेरियन्टमा १८,९९९ रुपैयाँ मूल्यमा उपलब्ध हुनेछ । यो फोन ब्रिक रेड, पिच ब्लाक र स्लेट ब्लू कलरहरुमा उपलब्ध हुनेछ ।

पोको एम २ आर्कटिक ब्लु, लाइम ग्रीन र म्याट ब्लाक रङ्गहरुमा ४ जीबी+ ६४जीबी स्टोरेज भेरियन्टमा १४,९९९ रुपैयाँ मूल्यमा उपलब्ध हुनेछ ।

यी सबै उपकरणहरु सबै आधिकारिक मी स्टोर र रिटेल पार्टनरहरुमा छिट्टै उपलब्ध हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?