मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा २ युवाको मृत्यु

दमक, १२ असोज – मोटरसाइकल र स्कुटर एक आपसमा जुध्दा झापाको कमल गाउँपालिकामा आज साँझ दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।कमल गाउँपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गको पाडाजुंगी सडकखण्डमा साँझ ६ बजेतिर मे. ४ प. ३५२४ नम्बरको स्कुटर र को.१५ प. ८४३३ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकल र स्कुटरका दुवै चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक दमक–९ का २५ वर्षीय राजन खड्का र स्कुटर चालक दमक–५ का २८ वर्षीय सुनिल सुवेदी छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि दमक ल्याउने क्रममा बाटोमानै मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।दुर्घटनामा स्कुटरमा सवार दमक–६ का २७ वर्षीय सुवास निरौलाको अवस्था गम्भीर रहेको र उनको थप उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?