अमेरिकाका सबैभन्दा वृद्ध राष्ट्रपति बनेका बाइडेनले कति पाए भोट ?

काठमाडौं । डेमोक्रेट पार्टीका उम्मेद्वार जो बाइडेन अमेरिकाका सबैभन्दा वृद्ध राष्ट्रपति बनेका छन् । उनी नोभेम्बर २० बाट ७८ वर्षका लाग्दैछन् ।

उनले अहिलेसम्म २९० वटा इलेक्टोरल भोट पाएका छन् । जबकी बहुमतको लागि मात्र २७० भोटको आवश्यक पर्छ ।

उनका प्रतिष्पर्धि राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल भोट मात्र ल्याएका छन् । उनले अहिलेसम्म ७.४ करोड भोट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?