काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्नो चौथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ गतेदेखि काठमाडौंमा शुरु गर्ने भएको छ ।
जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
शनिवार बसेको पार्टीको बैठकले कोरोना महामारीको समयमा आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सम्मेलन गर्ने निर्णय गरेको हो ।
आगामी फागुनबाट पार्टीको तेस्रो सम्मेलनबाट निर्वाचित नेतृत्वको समयावधि सकिँदैछ । शनिवारको बैठकले आगामी मंसिर १४ गते संघीयताविरुद्ध र कोरोना महामारी नियन्त्रणमा सरकारको व्यवहारलाई लिएर देशब्यापी विरोध कार्यक्रम समेत तय गरेको छ ।
त्यस्तै आगामी सम्मेलनका लागि जिल्ला र प्रदेश समितिबाट सम्मेलनमा भाग लिन जाने प्रतिनिधिको संख्या समेत निर्धारण गरेको छ ।
संघीयताले देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई कमजोर पार्दै लगेको र क्षेत्रिय द्वन्दलाइृ बढावा दिएको भन्दै जनमोर्चाले विरोधको कार्यक्रम घोषणा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया