किन रोकियो घोडीघोडा लघुवित्तको शेयर कारोबार ?

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्स्चेन्जलाई प्राप्त जानकारी अनुसार घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएका छन् ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ को विनिमय ६ (१) बमोजिम घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार २३ गते आईतवार (आज) देखि रोक्का गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?