आफ्नो कट्टर बिरोधी भएर पनि उपराष्ट्रपतिका लागि कमला ह्यारिसलाई नै किन चुने बाइडेनले ?

काठमाडौं । डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनले बहुमत ल्याएसँगै डेमोक्रेटबाट उपराष्ट्रपतिमा उठेकी कमला ह्यारिस अबको अमेरिकी सरकारको उपराष्ट्र्रपति बन्नेछिन् ।

५६ वर्षकी कमला अमेरिकामा पहिलो पटक यति ठूलो पदमा पुगेकी अमेरिकी महिला हुन् । उनको लोकप्रियता पनि धेरै छ ।

उनको पार्टीले २९० इलेक्टोरल भोट ल्याएको छ । उनी अमेरिकाको उपराष्ट्रपति बन्ने पहिलो अश्वेत महिला हुन् । एशियाई मुलकी उनी र ७८ वर्षका श्वेत राष्ट्रपति जो बाइडेनले अबको ४ वर्ष अमेरिकाको सत्ता चलाउनेछन् ।

उनले शनिवार एक स्पेचमा अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति भएको तर अन्तिम नभएको बताएकी छन् ।

बाइडेन र कमलाका सिद्धान्तहरु फरक छन् । उनलले २०१९ मा न्यूयोर्क टाइम्समा दिएको अन्तर्वार्तामा आफ्नो र बाइडेनको नीति फरक भएको बताएकी थिइन् ।

उनीहरु दुबै एउटै पार्टीका हुन् तर सिद्धान्त बिल्कुलै फरक छन् । कमला धेरै नै लगनशीलता र भावनाकी खानी छन् । त्यसैले आफ्नो सिद्धान्तको बिपरित भएपनि कमलालाई नै चुनेका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?