लकडाउनको समयको शुल्क मिनाहा गर्न सांसद प्रदीप यादवको माग

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले बन्दा बन्दीको समयमा विद्यालयहरुको बिद्यार्थीहरुको महिना शुल्क (फिस) मिनाहा गर्न निजि स्कुलका संचालक संस्था समक्ष माग गरेका छन ।

कोभिडका कारण लामो समय देखी बन्द रहेका विद्यालय तथा पढ्न नपाएका बालबालिका दुवै प्रभावित भएका छन् । जसको प्रत्यक्ष मार शिक्षक तथा अभिभावकले सहनु परेको अवगत गराउदै सांसद यादवले ले प्याब्सन पर्साको बैठकमा सरकार यस प्रति गम्भिर हुन आवश्य रहेको बताए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र एन प्याब्सनपर्साले सांसद प्रदिप यादवको बिशेष उपस्तिथिमा आइतबार बोलाएको बैठक सरकारको निर्णय कार्यान्वयनका लागी ३ बुंदे प्रस्ताव राखेको छन् ।

प्याब्सन पर्साका अध्यक्ष हरि शंकर प्रसाद साह तथा एन–प्याब्सनका अध्यक्ष राम सुन्दर चौधरीको संयुक्त अध्यक्षतामा बसेको बैठकमा विद्यालयका सञ्चालकहरूले बन्दा बन्दिको अवधि भर विद्यालयलाई पुग्न गएको क्षति , शुल्क मिनाहा तथा विविध समस्याको समबन्धमा सरकारको निर्णय कार्यान्वयनका ३ बुँदे प्रस्ताव राखेका छन ।

सांसद यादवको विशेष उपस्थितिमा पहिलो बुंदा माथि कोभिड १९ का कारण बन्द भएका विद्यालयहरुको उक्त अवधिको शुल्क छुट सम्बन्धमा चाडै नै निर्णय गरीने सहमति भएको छ । साथै दोस्रो बुँदामा बन्द अवधि भर विद्यालयलाई हुन गएको क्षती तथा दायित्वहरुको बारेमा पनि छलफल गरीएको थियो । तेस्रो तथा अन्तिम बुंदामा चाडैं नै सरोकारवाला संबन्धित निकायबाट टुंगो लगाउने र सर्व सहमतिबाट निर्णय गरिने जनाइएको थियो ।

सो बैठकमा प्याबसन पर्साका महानगर अध्यक्ष आलोक कुमार चौरसीया, कोषाध्यक्ष सरोज चौधरी तथा बिजय यादव लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?