मेरो मिसन महासंघमा चुनाव जिताउने ठेकेदारी प्रथा अन्त्य गर्ने हो : अरुण राज सुमार्गी

काठमाडौं । लगातार दशकौं देखि चण्डीराज ढकालको महासंघमा रहेको दवाव अब अन्त्य हुने संकेत देखिएको छ । चण्डीराज ढकाल नेपाल उद्योग वाणिज्य महासंघको २ पटक उपाध्यक्ष भएर सन् २००५ देखि २००७ सम्मका लागि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेका थिए ।

आफ्नो कार्यकाल सकिए पनि सन् २००७ साल देखि नै महासंघमा उनको प्रभाव भने केहि कम भएको छैन । महासंघमा उनलाई डेफल्टरको रुपमा चिनिन्छ भने महासंघको अध्यक्ष बनाउने किङ मेकरका नामले पनि परिचित छन् । निवर्तमान अध्यक्ष भवानी राणा देखि भावि अध्यक्ष शेखर गोल्छा सम्मलाई नेतृत्वमा पु¥याउँन पनि ढकालको मुख्य समर्थन रहेको देखिन्छ ।

किङ मेकर कहलीने चण्डीराज ढकालले जसलाई समर्थन गर्छन् उही व्यक्ति नै निर्वाचित भएको महासंघको इतिहास सर्वविधितै छ ।

तर, यसपटक भने महासंघमा सबैजना मिलेर चण्डीराज ढकालको प्रभाव अन्त्य गर्न चाहेका छन् । लोकपथ डटकमसँगको विषेश कुराकानीमा मकवानपुर उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्दै खुल्लातर्फ कार्यकारिणी सदस्यका उम्मेद्वार अरुणराज सुमार्गीले महासंघमा फोहोरी राजनीतिको अन्त्य गर्ने महासंघमा चण्डीराजको अन्त्य हुनुपर्ने बताएका छन् ।

आफू कोरोना भाइरस संक्रमित भएर आईसोलेसनमा रहे पनि कार्यकारिणी सदस्यका उम्मेद्वार सुमार्गी सहमतिमा नै नेतृत्व चयन हुनुपर्छ भन्ने अभियानमा लागेका छन् । जसमा दुईपक्ष बीच सहमती गराउनमा दौडधुप (भर्चुअल) पनि गर्दै छन् ।

हालको अवस्थामा सहमतिमा नै नेतृत्व चयन हुनुपर्ने बताउँदै सुमार्गीले अन्तिमसम्म पनि वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवार चन्द्र ढकाल र किशोर प्रधानबाट १ जना निर्वाचनमा लग्न प्रयास गर्ने बताएका छन् ।

चण्डीराज ढकाल अहिले चन्द्र ढकालको प्यानललाई समर्थन गर्दै आएका छन् । उनको समर्थनबाट चन्द्र ढकाल निर्वाचित भएको अवस्थामा चण्डीराज ढकाल पुनः विशिष्ट सदस्य भएर फेरि महासंघमा राजनीति हाबी गराउँछन् भन्ने दुश्प्रयासको अन्त्य गर्न चाहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?