२९० इलेक्टोरल भोट बाइडेनलाई, ट्रम्पलाई कति ?

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनले शनिवार रिपब्लिकन पार्टिका आफ्ना प्रतिद्वन्दी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरे ।

पेन्सिलवेजिया राज्यमा जित दर्ता गरेपछि बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिका लागि चुनिए । उनले बहुमतका लागि आवश्यक २७० भन्दा धेरै इलेक्टोरल भोट ल्याए । उनको जितपछि अमेरिकाको सडकमा खुशीयाली मनाइयो ।

बाइडेनले २९० इलेक्टोरल भोट ल्याए भने ट्रम्प २१४ मै रोकिए । अमेरिकामा कुल ५३८ इलेक्टोरल भोट छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?