जाडो बढेसँग कपालको चाँयाको समस्या : प्याजको रस हुनसक्छ अचुक औषधी

काठमाडौं – चिसो बढेसँगै अधिकांशले झेल्ने समस्या हो, कपालमा चायाँ । जाडोबाट बच्नको लागि प्रयोग गरिने टोपी, फेटा, मफलर, स्कार्फ आदीले पनि झनै चाँया बढाउँछ । नियमित रुपमा हेलमेल्ट प्रयोग गर्नेहरुको त झनै छपक्कै चायाँ हुन्छ ।

आफ्नो कपाल सुन्दर होस् भन्ने चाहना सबैको हुन्छ । तर दुषित हावा, व्यस्त जीवनशैली, फोहोर पानी र बढ्दो केमीकलको प्रयोगका कारण धेरैले कपालको हेरचारका लागि समय दिन भ्याउँदैनन् ।

परिणामस्वरुप कपाल सुक्खा हुन्छ र झर्ने समस्या पनि बढ्छ । हेर्दा पनि झुर्रर्र पर्छ । यहि समस्या हामीले व्युटिसियनसँग राखेका थियौँ ।

कुनै रसायनको प्रयोगविना नै तपाईंले आफ्नो कपाल मुलायम बनाउन सक्नुहुन्छ । यस समस्याबाट मुक्त हुनका लागि सबैभन्दा सजिलो उपाय हो, प्याजको रसको प्रयोग ।
के हुन्छ, यसको प्रयोगले ? कसरी प्रयोग गर्ने ?
जरा मजबुत बनाउँछ
प्याजको रस कपालमा लगाउँदा यसमा पाईंने तत्वले कपालको जरा बलियो हुन्छ, कपाल बाक्लो बनाउँछ ।

प्याजको रस सही रुपमा प्रयोग गर्दा  कपाल चम्किलो र सिल्की बन्छ ।

प्याजको रसमा पाईने एन्टिब्याक्टेरियलले कपालमा चाँया कम गर्नुका साथै कपाल बाक्लो र लामो बनाउन मद्धत गर्छ । त्यसैले प्याजको रस नियमित प्रयोग गर्दा तपाईको कपाल लामो र बाक्लो हुन्छ ।

प्याजको रस बनाउने विधि
पहिले प्याजलाई ताछेर धुनुहोस् ।

छोटो-छोटो टुक्रा बनाउनुस् ।

काटिसकेपछि पिस्नुहोस् ।

यसपछि यसलाई जालीमा राखेर छान्नुहोस् ।

प्याजको रस रेडी हुन्छ ।

अब कपालमा लगाउनुहोस् ।

प्याजको रस लगाएपछि केही समय तपाईलाई चहर्याउन वा चिलाउन पनि सक्छ । तर,केही समयमै ठीक हुन्छ ।

यो क्रम दोहोर्याएमा यस्तो समस्याबाट छिट्टै मुक्ति मिल्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?