क्लिन फिडले सताए पनि नयाँ अवसरहरुमा केन्द्रित रहने रणनीति : डिसहोम

प्रस्तुत कोईराला/काठमाडौं । नेपालमा क्लिन फिडलागू भएपछि यसबाट सबैभन्दा धेरै डिजीटल र केवल टिभी अपरेटरहरु प्रभावित भएका छन् ।

सरकारले पार्यप्त तयारी बिना नै क्लिन फिड लागू गरेको बताउँदै डिजीटल र केवल टिभी अपरेटरहरु सरकारसँग रुष्ठ देखिएका छन् । क्लिन फिड लागू भए पश्चात डिजीटल र केवल टिभी अपरेटरहरु मात्र नभई यस्तो खोक्रो नियमले ५ देखि १० वर्ष भित्र नेपालको टेलिभिजन उद्योग नै धरासायी हुने डिसहोमका प्रबन्ध निर्देशक सुदीप आर्चाय बताउँछन् । त्यो अवस्था आएमा क्लिन फिड लागू गर्ने व्यक्तिहरु जावफदेहि हुनुपर्ने माग समेत उनले गरेका छन् ।

“सरकारले क्लिन फिड लागू गर्नु राम्रो हो तर पनि क्लिन फिड लागु भइसक्दा टेलिभिजन उद्योगले के पाए ? विज्ञापन एजेन्सीले के पाए ? खोक्रो राष्ट्रवाद देखाउनका लागी टेलिभिजनमा क्लिन फिड लागू गरेको सरकारलाई इन्टरनेटबाट डाउनलिकं अनुमती बिनै प्रसारण भइरहेको इन्टरनेटको कन्टेन्ट प्रति कतिको ध्यानाकर्षण भएको छ ?” प्रबन्ध निर्देशक आर्चायले उल्टै प्रश्न गरेका छन् ।

कानुनको दायरामा रहेर व्यापार गर्ने व्यवसायलाई सरकारले निराश बनाए पनि डिसहोम कम्पनीले भने हरेक चुनौतीको सामना गर्दै हरेक चुनौतीलाई अवसरमा परिणत गर्ने तयार रहेको प्रबन्ध निर्देशक आर्चायले बताएका छन् ।

क्लिन फिडको नियमले व्यवसायमा केहि असर देखाए पनि लामो समयको अवधिमा भने डिसहोमले पुन: बजार बढाउने विश्वास प्रबन्ध निर्देशक आर्चायले व्यक्त गरेका छन् ।

कम्पनीको योजना अनुसार नै कम्पनीले आइ पी ओ निष्काशन योजना यथावत नै राखेकोे र चाँडै निष्काशन गर्ने पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?