१८ मङ्सिर २०८०, सोमवार

राष्ट्रपतिले उपत्यकाका शक्तिपीठहरुमा गरिन् पूजा

२०७४,आश्विन,१२,बिहीवार १५:३८

0
Shares

काठमाडौँ, १२ असोज – बडादशैँको महाअष्टमीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले आज उपत्यकाका शक्तिपीठहरुको दर्शन र पूजा अर्चना गरेकी छन् ।राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्ेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महाँकाल, संकटा, नरदेवी, इन्द्रयणी र शोभाभगवतीमा पूजाआजा एवं दर्शन गरिन् । मन्दिरका पुजारीबाट राष्ट्रपति भण्डारीले फूलप्रसाद ग्रहण गरेकी थिइन् ।नवदुर्गाको विशेष पूजा गरी आश्विन शुक्ल अष्टमीका दिन शक्तिपीठमा दर्शन गरे वर्षभरिका लागि आध्यामिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।त्यसअघि आज बिहान राष्ट्रपति भण्डारीले काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीमा पनि दर्शन र पूजा अर्चना गरेकी थिइन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१२,बिहीवार १५:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

ताजा समाचार

हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१८,सोमवार १७:०७