कोभिडले सुकायो तिहारको बजार, तिहारको मुखैमा असनमा यस्तो देखियो (फोटो फिचर)

काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो महान् पर्वको रुपमा मनाइने तिहार पर्व घर आँगनमा आइसकेको छ । कोरोना कहरकाबीच आएको यसपालिको तिहार अन्य वर्ष भन्दा भिन्न छ ।

सधैजसो भिडभाड हुने ठाँउहरु सुनसान प्राय छन् । काठमाडौंका मुख्य व्यापारीक क्षेत्र जस्तै, सुन्धारा, रत्नपार्क, असन इन्द्रचोक आदि क्षेत्रमा पहिले जति मानिसको चहल पहल छैन् । कारण हो विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ।

बजारमा यतिबेला तिहारको सरसमान तथा किन्नेको भीड लाग्ने गर्थ्यो तर अहिले त्यस्तो छैन् ।

सधैका वर्षहरुमा तिहारमा भाइमसला, कपडा, दियो, झिलिमिलि बत्ति, मिठाई, फूल, माला, चाँदीका भाडाकुँडा सहित भाईटिकाका सामाग्री र आफन्तलाई दिने उपहार लगायत सामान किन्नेहरुको बजारमा किन्नेहरूको विशेष भीड लाग्ने असनमा अहिले व्यापारीहरु ग्राहाक कुरेर बस्न बाध्य छन् ।

तिहारको मुखैमा असनमा यस्ते देखियो : 

तस्वीर : गोकुल पौडेल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?