काठमाडौं । पूर्वमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोकुल बास्कोटाले नयाँ पुस्तालाई पुस्ता हस्तान्तरणका लागि जोड दिएका छन् । नेता बास्कोटाले नेकपा सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुलाई बाहुल्यता रहनेगरी सचिवालयको पुनर्गठनबाट काम शुरु गर्नुपर्नेमा जोड दिएका हुन् ।
आइतवार सामाजिक सञ्जालमा लेखेका छन्, “नयाँपस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँपस्ताका नेताहरुको वाहुल्यता रहनेगरी सचिवालयको पुनर्गठनबाट सुरु गरौ।”
त्यसरी नयाँ पुस्ताका नेताहरुलाई नेतृत्व हस्तान्तरण गरिनाले कमसेकम दुई कार्यकालका लागि झण्डटपूर्ण खेल खतम हुने समेत उनले बताए । “कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खतम।” उनले भने ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार राति एक टेलिभिजन कार्यक्रममा बोल्दै युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका थिए ।
नयाँपस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँपस्ताका नेताहरुकाे वाहुल्यता रहनेगरी सचिवालयकाे पुनर्गठनबाट सुरुगराै।कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खतम।
— Gokul Prasad Baskota (@GokulPBaskota) November 8, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया