फेरि बढ्यो सुन र चाँदीको मूल्य, आईतवार कस्तो छ दरभाउ ?

काठमाडौं । आइर्तवार पुन: सुन र चाँदी दुवैको मूल्य बढेको छ । गत शुक्रवार १ हजार रुपैयाँले बढेर ९७ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आईतवार फेरि ५ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन पनि ५ सय रुपैयाँले बढेर आईतवार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको भाउमा पनि बढोत्तरी देखिएको छ । आईतवार चाँदी २० रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?