रहेनन् नख्खु जेल ‘ब्रेकर’ पूर्व सांसद वीरबहादुर लामा

काठमाडौं । नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिने पूर्व सांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ ।

मिर्गौलासम्बन्धि रोगबाट पीडित लामालाई निमोनियासमेत देखिएपछि ललितपुरस्थित पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

उनको आज आइतबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२०३३ सालमा उनीसहित १५ जना नख्खु जेलबाट सुरुङ खनेर भागेका थिए ।

लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?