यदि ट्रम्पले ह्वाइट हाउस छोडेनन् भने के हुन्छ ?

काठमाडौं । अमेरिकाको राष्ट्रपतिको चुनावमा बाइडेन विजयी भएका छन् ।

उनले २७३ इलेक्टोरल भोट ल्याएका छन् भने राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल भोट पाएका छन् ।

यस्तो अवस्थामा धेरैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि ह्वाइट हाउस नछोडेमा के हुन्छ भन्ने जिज्ञासा धेरैलाई रहेको छ ।

आज हामी त्यहि जिज्ञासाको बारेमा बताउने छौँ । अमेरिकामा सधैँ २० जनवरीमा राष्ट्रपतिको शपथ हुन्छ ।

यसको केहि दिन पहिला नै हारेको टीमले ह्वाइट हाउस खाली गर्छ ।

न्यूयोर्क पोस्टको एक रिपोर्टका अनुसार बाइडेनलाई सोधिएको थियो, यदि ट्रम्पले हारपछि पनि ह्वाइट हाउस नछोडेमा के गर्नुहुन्छ ? उत्तरमा उनले भनेका थिए, ‘यो हुन सक्छ, तर यस्तो भएमा, मिलिट्रीले उनलाई त्यहाँबाट जबरजस्ती बाहिर निकाल्नेछ ।’

यो भन्दा अगाडि पनि अमेरिकामा १८०० सालमा भएका राष्ट्रपति चुनावको । अमेरिकाका तत्कालिन राष्ट्रपति जोन एडम्स त्यो वर्षको चुनावमा हारेका थिए ।

उनी अमेरिकाको दोश्रो राष्ट्रपति र पहिलो उपराष्ट्रपति थिए । उनका प्रतिद्वन्दी थोमस जेफ्फरसनले जीत हासिल गरेका थिए ।

त्यसपछि पनि जोनले कार्यभार सुम्पिन मानेनन् । तर भयो यस्तो क,ि उनले त्यो कुरा कल्पना समेत गर्न सकेनन् ।

२० जनवरीमा थोमसको शपथ ग्रहणमा पनि जोन सहभागी भएनन् । ह्वाइट हाउसका कर्मचारी पनि समारोहमा गएनन् ।

यस्तो अवस्थामा त्यहाँका कर्मचारीले समेत उनको भनाई टेर्न छोडे । सबै सेक्यूरेटी हटे । उनको आदेश सबैले मान्न छोडे । साथै प्रेशिडेन्ट अफिस पनि हट्यो । विभागहरुले नजरअन्दाज गरे ।

अन्तिममा हैरान भएर उनले ४ मार्च १८०१ मा थोमसलाई कार्यभार सुम्पिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?