काठमाडौं – घोडाबाट लडेर घाइते भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको स्वास्थ्य अवस्था सामान्य छ । तर पूर्ण रुपमा निको हुन केहि दिन आराम गर्नुपर्ने उनका सहयोगीले बताएका छन् ।उनी प्रेसरको समेत बिरामी छन् ।
कर्णाली प्रदेश सरकारले शुरु गरेको जनतासँग मुख्यमन्त्री नामक टेलिभिजन कार्यक्रमको छायांकनका लागि सिमकोट गाउँपालिका वडा नं ३ को लिमाटाङ जाने क्रममा हुडी र लिमाटाङ्गको बीचमा पर्ने खोलामा मुख्यमन्त्री शाही घोडाबाट लड्दा हात र टाउकोमा सामान्य चोट लागेपछि हेलिकोप्टरबाट सुर्खेत लगिएको थियो ।
उनले चढेको घोडा तर्सिँदा मुख्यमन्त्री घोडाबाट लडेका थिए ।
शुक्रबार हुम्ला पुगेका मुख्यमन्त्री शाही हिजो (शनिबार) सदरमुकामबाट सिमकोट गाउँपालिका ३ को तोर्पा, बरगाउँ हुँदै लिमाटाङ्ग हिँडेका थिए ।
सदरमुकामबाट गाडीमा गएका शाहीलाई त्यहाँका स्थानीयले घोडामा चढ्न आग्रह गरेका थिए ।
शाही सुर्खेत प्रदेश अस्पतालमा उपचारपछि निवासमा आराम गरिरहेका छन् ।
टाउकोको सिटी स्क्यान र हातको एक्स -रे गर्दा सामान्य अवस्था पाइएकाले उनलाई चिकित्सकले डिस्चार्ज गरिदिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया