कुमारी बैंकको लाभांश संशोधन, बोनस बढ्यो नगद घट्यो

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ । कुल लाभांश भने यथावत रहेको छ ।

बैंकको कार्तिक २१ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकले असार मसान्तसम्मको चुक्ता पूँजीको १०.८५ प्रतिशतका दरले बोनस शेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

यसअघि बैंकको कार्तिक ५ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र ४ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १४ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरिएको थियो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात मात्र वितरण गरिनेछ ।

                                                   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?