हारेपछि पनि ह्वाइट हाउस छोडिरहेका थिएनन् अमेरिकाका दोश्रो राष्ट्रपति, फेरि भयो यस्तो !

काठमाडौं । कुरा हो अमेरिकामा १८०० सालमा भएका राष्ट्रपति चुनावको । अमेरिकाका तत्कालिन राष्ट्रपति जोन एडम्स त्यो वर्षको चुनावमा हारेका थिए ।

उनी अमेरिकाको दोश्रो राष्ट्रपति र पहिलो उपराष्ट्रपति थिए । उनका प्रतिद्वन्दी थोमस जेफ्फरसनले जीत हासिल गरेका थिए ।

त्यसपछि पनि जोनले कार्यभार सुम्पिन मानेनन् । तर भयो यस्तो क,ि उनले त्यो कुरा कल्पना समेत गर्न सकेनन् ।

२० जनवरीमा थोमसको शपथ ग्रहणमा पनि जोन सहभागी भएनन् । ह्वाइट हाउसका कर्मचारी पनि समारोहमा गएनन् ।

यस्तो अवस्थामा त्यहाँका कर्मचारीले समेत उनको भनाई टेर्न छोडे । सबै सेक्यूरेटी हटे । उनको आदेश सबैले मान्न छोडे । साथै प्रेशिडेन्ट अफिस पनि हट्यो । विभागहरुले नजरअन्दाज गरे ।

अन्तिममा हैरान भएर उनले ४ मार्च १८०१ मा थोमसलाई कार्यभार सुम्पिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?