नेयमार र एमबाप्पे बिना पीएसजीको शानदार जित

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित हात पारेको छ । शनिवार राति भएको खेलमा पीएसजीले रेनसलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन एन्जल डी मारियाले दुई गोल गरे । मोइज किनले थप एक गोल गरे । खेलको ११ औं मिनेटमा किनको गोलबाट पीएसजीले अग्रता बनाएको थियो । खेलको २१ औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।

PSG Vs REN Fantasy Prediction: PSG Vs Rennes Best Fantasy Stats for Ligue 1  2020-21 Match | The SportsRush

त्यसपछि खेलको ७३ औं मिनेटमा डी मारियाले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए ।

जितसँगै पीएसजीले आफ्नो शीर्ष स्थानको अग्रता कायम राखेको छ । पीएसजीले १० खेलमा २४ अंक जोडेको छ । १० खेलमा १८ अंक जोडेको रेनस तेस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?