काठमाडौं । जितसँगै एट्लेटिको मड्रिड ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राति एट्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलमा काडिजलाई ४-० गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो ।
![]()
एट्लेटिकोलाई जित दिलाउन जोआ फेलिक्सले दुई गोल गरे । यस्तै मार्को लोरेन्ट र लुइस सुआरेजले समान एक एक गरे । खेलको आठौं मिनेटमा फेलिक्सले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए ।

२२ औं मिनेटमा लोरेन्टले गोल गर्दा एट्लेटिकोको अग्रता २-० दोब्बर बन्यो । खेलको ५१ औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोको अग्रता ३-० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ४-० को जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको एट्लेटिकोले ७ खेलमा १७ अंक जोडेको छ । काडिज भने ९ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया