काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित हात पारेको छ ।
शनिवार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक एक गोल थपे ।
![]()
बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक एक गोल फर्काए । डेम्बेलेले खेलको २२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा एन्टोनियोले गोल गर्दै बेटिसलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ४९ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । खेलको ६१ औं मिनेटमा मान्डीले रातो कार्ड पाएपछि बेटिस १० खेलाडीमा समेटियो ।
मेस्सीले सहजै गोल गर्दै टोलीको अग्रता ३-१ को बनाए । मेस्सी अन्सु फातीको स्थानमा ४६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
खेलको ७४ औं मिनेटमा बेटिसका मोरानले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-२ को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई ५-२ को जित दिलाए ।
जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा समेत उक्लिएको छ ।
बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया