बाइडेनले ट्वीटर प्रोफाइलमा लेखे निर्वाचित राष्ट्रपति, वाशिंगटनमा डान्स (भिडियोसहित)

काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावको अनौपचारिक घोषणाको परिणाम पछि अमेरिकाबासीले देशभर खुशीयाली मनाएका छन् ।

विजेता घोषणापछि डेमोक्रेटीक पार्टीका समर्थक सडकमा उत्रिएका थिए । राजधानी वाशिंगटनमा मानिसहरुले तालि बजाएर डान्स गरेका थिए ।

विजेता बनेपछि उनले आफ्नो ट्वीटर प्रोफाइलमा निर्वाचित राष्ट्रपति लेखेका छन् । २० जनवरीमा अमेरिकामा ४६ औँ राष्ट्रपतिको शपथ हुनेछ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?