आईपीएलमा आज क्वालिफायर-२ : दिल्लीलाई पहिलो पटक फाइनल खेल्ने मौका

काठमाडौं । आईपीएलको १३ औँ सीजनको दोश्रो क्वालिफायर आज आबुधाबीमा हुँदैछ ।

साँझ पौने ८ बजे खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच हुँदैछ । यो म्याच विजेताले १० नोभेम्बरमा मुम्बई इण्डियन्ससँग दुबईमा फाइनल खेल्नेछ ।

दिल्ली यो म्याच जितेर पहिलो पटक फाइनल खेल्ने सोचमा रहेको छ भने आँकडा अनुसार हैदराबाद मजबुत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?