भारतीय गुप्तचरसँगको भेटबारे बोले प्रधानमन्त्री

काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीचको भेटको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिमा सबै मान्छेसँग भेट्न हुने बताएका छन् ।

शनिबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले गोयलसँगको भेटमा परराष्ट्रको प्रतिनिधि राख्दा ब्यूरोक्याटिक लेभलमा खुलस्थ कुरा गर्न गाह्रो हुने बताए ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कुनै देशको कार्यकारी प्रमुखको प्रतिनिधिको रुपमा आएका व्यक्तिसँगको भेटमा कहिले–कहिले परराष्ट्रको प्रतिनिधि राखेर भेट गर्दा ब्यूराक्याटिक लेभलमा खुलस्त कुरा गर्न गाह्रो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?