काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावको मतगणना भईरहेको छ ।
यसको क्लियर नतिजा लगभग आईसकेको छ । तर केहि मानिसहरु यो जान्न चाहान्छन् कि, राष्ट्रपति डोनाल्ड ट्रम्पले यस पटकको चुनाव हारेभने फेरि २०२४ मा चुनाव लड्लान् त ?, के संविधानुसार यो सम्भव छ ? आज हामी तपाईलाई यसको बारेमा जानकारी गराउनेछौँ ।
के तेश्रो पटक राष्ट्रपतिको लागि चुनाव लड्न सक्छन् त ट्रम्प ?
यसको सिधा जवाफ हो बिल्कुल नै लड्न सक्छन् । अमेरिकामा लिखित संविधान छ । यसको २२ औँ संसोधन राष्ट्रपतिको चुनावका लागि महत्वपूर्ण छ । २१ मार्च १९४७ मा यूएस कांग्रेसले यसलाई स्विकृति दिएको थियो । अर्थात् पास गरेको थियो ।
करिव ४ वर्ष पछि यसलाई संविधानमा औपचारिक रुपमा (रेडिफाई) स्थान दिइयो । यसमा दुई कुरा अति आवश्यक छ ।
पहिलो हो, कोहि पनि व्यक्ति दुई पटक भन्दा धेरै राष्ट्रपति बन्न सक्दैन । दोश्रो, कोहि पनि व्यक्ति जति पटक पनि संविधान लड्न सक्छ । त्यसैले यदि ट्रम्पले यसउ वर्ष हारे पनि २०२४ मा चुनाव लड्न सक्नेछन् ।
उमेर धेरै हुनेछ
अमेरिकामा राष्ट्रपति बन्नको लागि जो शर्त छ, कि क्यान्डिडेटको उमेर ३५ वर्ष भन्दा धेरै हुन आवश्यक छ । तर अधिकतम उमेरको केहि शर्त छैन । ट्रम्पले क्याम्पेनमा केहि पटक जो बाइडेनको उमेरको विषयमा प्रश्न उठाएका छन् । बाइडेन अहिले ७७ वर्षका छन् । २० नोभेम्बरमा उनी ७८ वर्षको हुनेछन् । अर्थात् अहिले बाइडेनको उमेर जति छ, त्यति उमेर २०२४ मा ट्रम्पको हुनेछ ।
के ट्रम्पले यसो गर्लान् त ?
न्यूयोर्क पोस्टले ट्रम्पका एक एडभाइजरका अनुसार यो कुराको धेरै सम्भावना रहेको बताएको छ । पूर्व कम्यूनिकेशन डाइरेक्टर ब्रायन ल्यान्जा भन्छन्, यस पटक धेरै कडा प्रतिष्पर्धा छ, यदि ट्रम्पले हारे भने अर्को पटक फेरि पनि ट्रम्प मैदान उत्रिनेछन्, यसमा ४ वर्षमा बाइडेनले कोरोना र बाँकी कुरा कसरी ह्याण्डिल गर्छन् भन्नेमा भर पर्छ । रिपब्लिकन पार्टीमा ट्रम्प जस्ता राम्रो नेता अहिले छैनन् पनि ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया