बस दुर्घटनामा १३ जना यात्रु घाइते

तनहुँ, १२ असोज – तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित ढावमा एक यात्रुबाहक बस आज दिउसो दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।काठमाडौँबाट स्याङ्जा जाँदै गरेको ना ५ ख ९१४० न.को बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएको हुन् ।घाइतेमध्ये गम्भीर रहेका काठमाडौँ महानगरपालिका–२६ का ६४ वर्षीय शंकर मल्ललाई डुम्रेको लक्ष्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको र अन्य सामान्य अवस्थाका १२ घाइतेको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?