काठमाडौं । अमेरिकामा अहिले राष्ट्रपतिका लागि चुनाव भईरहेको छ ।
हालसम्मको अवस्था हेर्दा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा डेमोक्रेटिक उम्मेद्वार जो बाइडेन अगाडि रहेका छन् । उनी बहुमतबाट थोरैमात्र टाढा छन् ।
यस्तो अवस्थामा अमेरिकी मिडियाहरुले बाइडेन जिततर्फ उन्मुख भएको बताईरहेका छन् । यस्तो अवस्थामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेन राष्ट्रपति बनेमा बधाई नदिने अनुमान लगाएका छन् ।
अमेरिकामा एक शताब्दी यता हार्नेवाला उम्मेद्वारले जत्नेलाई बधाई दिने परम्परा रहेको छ । यो १२४ वर्ष पुरानो परम्परा ट्रम्पले तोड्न सक्ने स्थानीय मिडियाहरुले अनुमान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया