बढाइयो बाइडेनको सुरक्षा, ट्रम्प यस हप्ता नदेखिने !

काठमाडौं । अमेरिकामा हाल राष्ट्रपतिको चुनावका लागि मतगणना जारी छ ।

अहिलेसम्म डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेन २५३ र राष्ट्रपति डोनाल्ड ट्रम्प २१४ इलेक्टोरल भोटका साथ रहेका छन् ।

यसैबीच बाइडेनको सुरक्षा बढाईको बताइएको छ । फेडरल ब्यूरो अफ इन्भेस्टिगेशनका अफिसरले हिजो राती ढिलोसम्म छलफल गरेर सुरक्षा बढाएको बताइएको छ । अब बाइडेन र उनको परिवारलाई सुरक्षा दिइएको छ ।

ह्वाइट हाउस र डेलावेयरमा बाइडेनको घर बाहिर अमेरिकी जासुसी एजेन्सी र सुरक्षा गार्ड तैनाथ छन् । उनीसँगै उपराष्ट्रपतिकी उम्मेद्वार कमला ह्यारिस र दुई सल्लाहकार ज्याक सुलिवान र स्टीव रिचेटलाई पनि सुरक्षा दिइएको छ ।

अर्कोतिर ट्रम्प यस साता सबै मिडिया इभेन्ट्सबाट टाढा रहने भएका छन् । उनको क्याम्पेन टीम र एडभाइजर्सले ट्रम्पका यस साताका सबै कार्यक्रम क्यान्सिल गरिदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?