अमेरिकाका अबका राष्ट्रपति बाइडेनको संघर्षपूर्ण छ लाइफ, अस्पतालमा लिएका थिए पहिलो सपथ

काठमाडौं । अमेरिकामा राष्ट्रपतिको चुनाव अब लगभग कसको पक्षमा जाँदैछ ? भन्ने कुरा थाहा भईसकेको छ ।

डेमोक्रेट्स पार्टीका उम्मेद्वार जो बाइडेन अमेरिकाको अबको राष्ट्रपति बन्न गईरहेका छन् । मतगणनाका अनुसार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प केहि राज्यमा पछि छन् । साथै बाइडेनको जितको औपचारिक घोषणा पनि बाँकी नै छ ।

अब उनी विश्वकै शक्तिशाली देश अमेरिकाको राष्ट्रपति बन्दैछनन् भने उनको बारेमा जान्न हरेक मानिस उत्साहित छन् ।

आज हामी तपाईलाई उनको राजनीतिक यात्रा कस्तो रह्यो भन्ने विषयमा जानकारी दिनेछौँ । उनले कसरी पाँच दशकमा यो सफलता हात पारे त ?

जो बाइडेन (फोटो: joebiden.com)

५ दशक लामो रानीतिक यात्रा

७७ वर्षका जो बाइडेन करिव ५० वर्षदेखि अमेरिकाको राजनीतिमा सक्रिय छन् । उनले वकीलबाट आफ्नो करियरको शुरुवात गरेका थिए । त्यसपछि मात्र उनी राजनीतिमा लागे । १९७२ मा उनी पहिलोपटक चुनावी राजनीतिमा आए र डेलाभेयरको न्यू काउन्टीबाट चुनिए । उनले त्यहाँ एक दस लेनको हाईवेका लागि लडे ।

१९७२ मा नै बाइडेनले अमेरिकी सिनेटको लागि उम्मेद्वारीको घोषणा गरे । उनी डेलाभेयरबाट १९७३ मा सीनेटर चुनिए । उनले लगातार त्याँबाट २००९ सम्म सीनेटरमा रहे । त्यहि वर्ष उनी बराक ओबामाको प्रशासनमा उपराष्ट्रपति बनेका थिए । जसका कारण सीनेटरको पद छोडे ।

बाइडेनले अहिलेसम्म अमेरिकाको राष्ट्रपति पदका लागि ३ पटक उम्मेद्वार दिएका छन् । उनले सबैभन्दा पहिला १९८७ मा राष्ट्रपति पदका लागि उम्मेद्वारी दिएका थिए ।

त्यसपछि २०१६ को चुनावमा पनि उनको क्याम्पन चलेको थियो । तर २०१५ मा उनका छोराको निधन भएकोले चुनाव नलड्ने भएका थिए ।

त्यसपछि हाल २०२० मा तेश्रो पटक उनले राष्ट्रपतिको उम्मेद्वारी दिएका हुन् । जसमा उनी जित नजिक छन् ।

उनले आफ्नो शुरुवात काउन्टीबाट गरेका थिए । त्यसपछि सिनेटर, उपराष्ट्रपति र अब राष्ट्रपति बन्नतर्फ अग्रसर छन् । तर उनको जीवनमा केहि समस्या आए । जसका कारण २० नोभेम्बर १९४२ मा जन्मिएका बाइडेनका कम उमेरमै पेन्सिलभेनियाको डेलावेयरमा शिफ्ट हुनुपर्यो । किनभने उनको परिवारको आर्थिक स्थिती ठीक थिएन ।

बाइडेनले १९६६ मा नीला हन्टरसँग विवाह गरेका थिए । चर ६ वर्ष पछि १९७२ मा एक एक्सीडेन्टमा उनकी श्रीमती र उनकी एक वर्षीया छोरीको निधन भयो ।

दुर्घटनामा उनका दुई छोरासमेत गम्भीर घाईते भएका थिए । जसका कारण उनले पहिलो शपथ पनि अस्पतालमै लिएका थिए । त्यसपछि २०१५ मा बाइडेनका छोरा बिउ बाइडेनको क्यान्सरका कारण निधन भयो ।

उनलाई उनका समर्थक र विरोधीहरु आमट्रयाक बाइडेन भनेर बोलाउँथे ।

कारण थियो १९७३ मा उनको सीनेटर चुनिएका बेला दर्घटना भएको थियो, जसमा उनकी श्रीमती र छोरीको ज्यान गएको थियो ।

जब उनी एमट्रयाक नामको ट्रेनबाट आफ्नो घरदेखि अफिसको यात्रा गर्थे, दिनमा अफिस र राती घर जान्थे । किनभने उनी आफ्ना छोराहरुसँग बस्न सकियोस् । उनले करिव ३५ वर्षसम्म यस्तै गरे ।

सन् २००८ मा बाइडेनले डेमोक्रेट्सको तर्फबाट राष्ट्रपतिमा चुनाव लड्ने प्रयाश गरे । तर पछि उनले बराक ओबामालाई समर्थन गरे ।

त्यसपछि उनी ओबामाको कार्यकालमा भाइस प्रसिडेन्ट बने । करिव ८ वर्षसम्म उनी उपराष्ट्रपतिमा रहे ।

उनले त्यो बेला ५० भन्दा धेरै देशको भ्रमण गरे । उनलाई बराक ओबामाले ब्रदर भास प्रेसिडेन्टको उपाधि दिएका थिए ।

२००८ देखि २००९ सम्म जब अमेरिकामा मन्दी आयो तब ओबामाले एक कमिटी गठन गरेर बाइडेनलाई त्यसको जिम्मेवारी दिए । त्यो बेला बाइडेनले अमेरिकालाई मन्दीबाट उतारेका थिए । उनले परमाणु डील गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?