पुटिन किन त्याग्दैछन् राष्ट्रपति पद, भएको के हो ? यस्तो छ-‘जासूसीदेखि राष्ट्रपतिसम्मको यात्रा !’

काठमाडौं । भ्लादिमिर पुटिनले आउँदो वर्षमा रुसको राष्ट्रपतिको पदबाट राजीनामा दिन सक्ने बताइएको छ । ६८ वर्षका पुटिनलाई पार्किन्सन्स भएको छ ।

उनकी प्रेमीका एलिना काबाऐवाले उनीमाथि पद त्याग्न दवाव दिइरहेकी छन् । उनका छोरीहरु पनि पद त्याग्नका लागि सल्लाह दिईरहेका छन् ।

पुटिन १९९९ बाट पावरमा छन् । यस समयमा उनी एक पटक प्रधानमन्त्री पनि बनेका छन् । संविधान संसोधनको माध्यमले उनी तेश्रो र चौथो पटक राष्ट्रपति बनेका हुन् ।

पुटिन र उनको रोगको बारेमा खुलासा ब्रिटिश पत्रिका द सनले गरेको हो । पत्रिकासँगको कुराकानीमा रुसकी राजनीतिक एनालिस्ट वेलरी सोलोवेईले भनिन्, पुटिनमाथि उनकी ३७ वर्षकी प्रेमीका र दुई छोरीले दवाव दिएका छन् । उनीमाथि परिवारको प्रभाव रहेको बताइएको छ । उनलाई परिवारले जनवरीमा पद छोड्न भनेको छ ।

पुटिनलाई पार्किन्सन्स भएको छ । केहि समय अगाडिबाट उनमा यस्तो लक्षण देखिएको हो । मिडियाले उनको फोटोको एनालिसिस पनि गरेको छ । उनको औँला र खुट्टा काँपेको पाइएको थियो । कार्यक्रममा उनी धेरै पटक आफ्नो पोजिशन परिवर्तन गरेर बसेका थिए ।

के हो पार्किन्सन्स ?

एक आँकडाका अनुसार हाल विश्वमा करिव ६२ लाख मानिस यसबाट पीडित छन् । हरेक वर्ष यो रोगबाट करिव १ लाख मानिसको मृत्यु हुने गरेको छ । यो रोगका कारण शरीरमा काम्ने र कठोरता आउँछ । यसले हिँड्दा ब्यालेन्स बनाइराख्न समस्या पार्छ । यस्तो रोग लागेपछि लेख्न नसक्ने र मानसिक रोगको पनि समस्या हुने गर्दछ ।

को हुन् पुटिन ?

१९५२ मा सेन्ट पीटसवर्गमा जन्मिएका पुटिनले कानूनमा ग्रेजुएशन गरेका छन् । उनी जासूसी एजेन्सी केजीबीमा समेत सहभागी भएका थिए । उनी हरेक प्रकारका हतियार चलाउनका साथै ब्ल्याक बेल्ट छन् ।

१९९९ मा जब बोरिस येल्तसिनले राजीनामा दिए तब, उनी कार्यबाहक राष्ट्रपतिबनेका थिए । २००० मा चुनाव जितेर उनी राष्ट्रपतिबने ।

२००४ मा दोश्रो पटक चुनाव जिते । संविधान अनुसार उनी तेश्रो पटक राष्ट्रपति बन्न सक्दैन थिए । त्यसैले प्रधानमन्त्री बने । संविधान संसोधन गरे र २०१२ देखि हालसम्म राष्ट्रपति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?