बालुवाटारमा ओली-प्रचण्डको भनाभन

काठमाडौं । पार्टीभित्र विवाद बढ्दै गईरहेको समयमा नेकपा सचिवालय बैठकको आग्रहका लागि सचिवालय बैठक बोलाउने माग राख्न प्रधानमन्त्री निबास बालुवाटार पुगेका सचिवालयका ५ नेताहरु र प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच भनाभन भएको छ ।

ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री ओलीबीच भनाभन भएको हो ।

श्रोतले भन्यो, ‘बालुवाटार पुगेर आलीसँग पार्टीको बैठक बोलाउन माग राख्दा प्रधानमन्त्रीले भन्नुभयो, मेराविरुद्ध गुटबन्दी गर्ने, फेरि म किन सचिवालय बैठक बोलाउने ? ‘

‘हामीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सचिवालय बैठक डाक्नुस् भन्यौँ, तर ओलीले हामीसँग मेरो विरुद्ध गुटबन्दी गर्ने, मलाई असफल बनाउन खोज्ने, जे गर्नुछ गर्नुस्,जसरी गर्नुछ गर्नुहोस्’ श्रोतले भन्यो ।

साथ प्रधानमन्त्री ओलीले ५ जनाले मिलेर गुटबन्दी गरेको समेत बताएका छन् । तर पार्टी अध्यक्ष प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रोष्ठले भने पार्टी मिलाएरै लानुपर्नेमा जोड दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?